नेदरल्यान्ड्सले चौथो विकेट गुमायो

16.2k Shares

काठमाडौँ । नेदरल्यान्ड्सविरुद्ध नेपालले चौथो सफलता हात पारेको छ । २० औँ ओभरमा नेपालले चौथो विकेट लिन सफल भएको हो ।

२७ रन बनाएका बास डी लिडे ललित राजवंशीको बलमा बोल्ड भए । यसअघि राजवंशीले नै २३ रन बनाएका साइब्रान्ड एन्जलब्रच्टलाई आफ्नो शिकार बनाएका थिए । 

छैटौँ ओभरमा म्याक्स ओ डाउड १० रन बनाएर रन आउट भएका थिए । त्यस्तै तेस्रो बलमा सोमपाल कामीले शून्य रन बनाएका माइकल लेभिटलाई क्याच आउट गराएका थिए । 

आजको खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो । नेदरल्यान्ड्सले १९।३ ओभरमा ४ विकेटको क्षतिमा ६७ रन बनाएको छ ।

सम्बन्धित समाचार