युक्रेन र इजरायलका लागि ९५.३ अर्ब अमेरिकी डलरको विदेशी सहायता पारित

17.1k Shares

काठमाडौं । अमेरिकी सिनेटले युक्रेन र इजरायलका लागि सहयोग समावेश रहेको ९५.३ अर्ब अमेरिकी डलरको विदेशी सहायता पारित गरेको छ ।

प्रतिनिधिसभाका सभामुख माइक जोन्सनले आलोचना गरेको यो सहायता तल्लो सदनबाट पारित हुनेमा भने आशंका छ ।

यो वैदेशिक सहायता प्याकेजमा युक्रेन र इजरायलका लागि अर्बौं डलरको सहायता रहेको छ । गाजा, वेस्ट बैंक र युक्रेनका नागरिकको लागि मानवीय सहायता र प्राथमिकता समावेश छ ।

रिपब्लिकनहरूले युक्रेनलाई थप सहायता दिन विरोध गरिरहेका कारण तल्लो सदनमा पारित हुन नहुनेमा आशंका छ ।

सिनेटमा भने यो प्रस्तावको पक्षमा ७० र विपक्षमा २९ मत परेको छ । २२ रिपब्लिकनहरूले पक्षमा मतदान गरेका छन् । यो सहायता प्याकेजमा युक्रेनका लागि ६० अर्ब डलर छुट्याइएको छ । इजरायललाई १४.१ अर्ब डलरको सहायता र मानवीय सहायताका लागि ९.२ अर्ब समावेश छ ।

सम्बन्धित समाचार