गाडीसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

17.3k Shares

काठमाडौं- पाँचखाल नगरपालिका- ८ जिरोकिलोमा विपरीत दिशाबाट आइरहेको गाडीसँग मोटरसाइकल ठोक्किँदा मंगलबार एक जनाको मृत्यु भएको छ।

बाप्र०२-०३४प ३३२१ नम्बरको मोटरसाइकल अरनिको राजमार्गस्थित दोलालघाटबाट आइरहेको बा३ख ७२०४ नम्बरको गाडीसँग ठोक्किँदा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका- ७ का २८ वर्षीय मुरारी कार्कीको मृत्यु भएको हो। 

दुर्घटनामा गम्भीर घाइते भएका कार्कीको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकलको पछाडि बस्ने सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका- ७ का राजन दङ्गाल घाइते भएका छन्। उनको उपचार भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार