18.4k
Shares
काठमाडौं । सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बिहीबारका लागि छापावाल सुनको मूल्य तोलाको ९४ हजार २ सय कायम गरेको छ । मंगलबार तोलाको ९३ हजार ५ सय थियो ।
यस्तै तेजावी सुनको मूल्य पनि बढेर तोलाको ९३ हजार ७ सय पुगेको छ ।
चाँदीको मूल्य भने तोलाको १३ सय ५० रुपैयाँमा स्थिर रहेको महासंघले जनाएको छ ।