16.5k
Shares
काठमाडौँ । मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपाली खेलाडी पूजा महतोले अर्धशतक बनाएकी छन् । उनी अझै अविजित रहेर क्रिजमा छिन् ।
उनले समूहगत चरणको मालदिभ्सविरुद्धको अन्तिम खेलमा मंगलबार अर्धशतक बनाएकी हुन् । उनले ३३ बलको सामना गरी पाँच चौका पनि हिर्काएकी छन् । नेपालले १९.१ ओभरमा चार विकेट गुमाएर दुई सय पाँच रन बनाइसकेको छ ।