गोकर्ण बिष्टले मुख खोले, २ जेठ २०७५ मा एमाले कमिटीलाई फर्काउनुपर्ने अडान

17.6k Shares

काठमाडौं, १३ जेठ । नेकपा एमालेका नेता गोकर्ण बिष्टले पार्टी एकतालाई जोगाउन आफ्नो तर्फबाट अन्तिम क्षणसम्म इमान्दार प्रयत्न रहने बताएका छन् । उनले नेकपा एमाले र जनसंगठनका सबै तहका कमिटीहरुलाई २ जेठ २०७५ को पूर्ववत अवस्थामा फर्काएर पार्टी एकता जोगाउन प्रयत्न गरिरहने बताएका छन् ।

‘नेकपा एमाले र जनसंगठनका सबै तहका कमिटीहरुलाई २०७५ जेठ २ को पूर्ववत अवस्थामा फर्काएर पार्टी एकतालाई जोगाउन हाम्रो तर्फबाट अन्तिम क्षणसम्म इमान्दार प्रयत्न रहनेछ,’ आज ट्वीट गर्दै बिष्टले लेखेका छन् । उनले सवल एवं एकीकृत पार्टीले मात्रै महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्न सक्ने बताएका छन् ।

सम्बन्धित समाचार