काठमाडौँ महानगरपालिविरुद्ध व्यवसायीको प्रदर्शन

17.4k Shares

काठमाडौँ । काठमाडौं महानगरपालिका भित्रका फुटपाथ व्यवसायीहरूले महानगरबिरुद्ध प्रदर्शन गरेका छन् । आइतबार राष्ट्रिय स्वरोजगार व्यवसायी संघ, नेपाल सडक व्यापार व्यवसायी संघ र फुटपाथ व्यापारीहरूले संयुक्त रूपमा महानगरको विरोध प्रदर्शन तथा काठमाडौँ महानगरपालिकाको कार्यालय घेराउ गरेका हुन् । 

प्रदर्शनका क्रममा फुटपाथ व्यवसायी भीमा खड्काले महानगरपालिकाले वार्ताको नाटक गर्दै वार्ता एकलौटी भंग गरेको आरोप लगाइन् । उनले आफूहरुले फुटपाथ व्यवसायीहरलाई बाच्न दिन आग्रह गर्दा महानगरले राति आएर आफ्ना सामानहरू लुटेर लिएर गएको बताइन् । महानगरपालिकाले फुटपाथ व्यवसायीहरूका माग सम्बोधन गर्नुपर्ने उनको भनाइ छ । त्यस्तै अर्का फुटपाथ व्यवसायी सुजन गिरीले स्वरोजगार व्यापारीहरूले गरिखान पाउनुपर्ने र उचित र वैकल्पिक ठाउँ दिनुपर्ने बताए ।  काठमाडौँ महानगरपालिका व्यापारीको व्यवस्थापन भन्दा पनि बेरोजगार बनाउन उद्धत भएको आरोप लगाए । 

प्रदर्शकारीहरुले स्वरोजगार श्रमको सम्मान गर, हाम्रो आन्दोलन जारी छ, व्यवसायी एकता जिन्दाबाद, राजु पाण्डे मुर्दावाद, पुँजीवादी मेयर चाहिँदैन लगायतका नारा लगाएका थिए । 

सम्बन्धित समाचार