उच्च बेगको हावाहुरी र भारी वर्षाको सम्भावना, सर्तक रहन आग्रह

16.6k Shares


काठामाडौं । मौसमविद्हरुले धेरै शक्तिशाली भनेको चक्रवात यास् समुद्रबाट जमिनतर्फ प्रवेश गरिसकेको र यो उत्तर–उत्तरपश्चिम सर्ने क्रममा रहेको छ । उक्त चक्रवातको असरस्वरुप अहिले देशका विभिन्न भागमा पानी परिरहेको र आउँदा केही दिनसम्म पनि यसको असर नेपालका भू–भागमा पर्ने सम्भावना रहेको मौसमविद्हरुले बताएका छन् । यसबाट बच्न सतर्क रहन मौसमविद्को आग्रह छ ।

आज देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा मेघगर्जन/चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । र उक्त प्रदेशका तराईका भू–भागमा उच्च बेगको हावाहुरी तथा भारी वर्षाको सम्भावना रहेको छ ।

सम्बन्धित समाचार