गंगालालमा नेपालमै पहिलोपटक ‘डबल स्विच’ शल्यक्रिया

18.5k Shares

काठमाडौं । सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा १४ वर्षीया बालिकाको ‘डबल स्विच’ शल्यक्रिया सफल भएको छ । जन्मजात मुटुमा समस्या भएकी नवलपरासीकी १४ वर्षीया एक बालिकामा उक्त शल्यक्रिया गरिएको हो । गंगालाल अस्पतालका बाल कार्डियाक सर्जन डा। रवीन्द्रभक्त तिमिलाको नेतृत्वमा डा। मरीषा अर्याल, डा। सुजन बोहोरा, डा. सन्दीप भण्डारीलगायतको टोलीले शल्यक्रिया गरेको हो ।

अति जटिल र जोखिमयुक्त मानिने ‘डबल स्विच’ शल्यक्रिया नेपालमै पहिलोपटक सफल भएको डा। तिमिलाले बताए । माघ १७ गते अस्पताल भर्ना गरिएकी ती बालिकामा शरीर निलो हुने, राम्रोसँग हिँड्न नसक्ने र अर्धचेत हुने लक्षण थिए ।

उनको रोगको पहिचान हुन ४२ दिनसम्म अस्पताल भर्ना गर्नुपरेको बालिकाका काकाले बताए । लगातारको परीक्षणपछि बालिकामा चारवटा संरचनागत त्रुटि पहिचान भएको थियो । उनको मुटुसमेत सही स्थानमा नरहेको र  मुटुभित्र र बाहिर गरी दुई ठाउँमा रगत विपरीत दिशातर्फ बग्ने पाइएको डा। तिमिलाले बताए ।

सेनिङ र रस्टेलिङ नामक दुवै छुट्टाछुट्टै शल्यक्रिया गर्न शल्यक्रिया टोलीलाई १० घण्टा लागेको थियो । उनको मुटु साढे चार घण्टा पूरै बन्द गरिएको थियो । शल्यक्रियामा मुटुभित्र र बाहिर गरी दुवैतिर रगत बग्ने बाटो मिलाइएकाले यसलाई ुडबल स्विचु शल्यक्रिया भनिएको डा। तिमिलाले बताए । बालिकाको नेपाल सरकारको क्याप कार्यक्रम अन्तरगत पूर्ण निःशुल्क उपचार भएको हो । हाल उनको अवस्था सामान्य रहेको डा। तिमिलाले जानकारी दिए ।

सम्बन्धित समाचार