पूर्व सांसद एवं व्यवसायी इच्छाराज तामाङलाई ३ वर्ष कैद र १ अर्ब ७२ करोड जरिवाना

18.5k Shares

काठमाडौं- सम्पत्ति शुद्धीकरणमा दोषी ठहर भएका पूर्व सांसद एवं व्यवसायी इच्छराज तामाङलाई तीन वर्ष कैदको सजाय निर्धारण भएको छ। विशेष अदालतले आइतबार सजाय निर्धारण गर्दै सम्पत्ति शुद्धीकरण मुद्दामा ३ वर्ष कैद र बिगो वमोजिम १ अर्ब ७२ करोड ४४ लाख ५९ हजार ९७ रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको छ। 

विशेष अदालतले सिभिल सहकारी ठगीमा पूर्पक्षका लागि थुनामा रहेका तामाङलाई माघ ७ गते दोषी ठहर हुने सजाय सुनाएको थियो । उक्त सजाय अनुसार कैद र बिगोका लागि आइतबार पेसी तोकिएको हो। विशेषले ३ वर्षभन्दा माथि सजाय गर्नुपर्ने भएकाले आज बहस हुँदै सजाय सुनाएको हो । 

त्यस्तै तामाङकी श्रीमती श्रृजना शाक्य तामाङलाई १ वर्ष ६ महिना कैद हुने र १ अर्ब ३ करोड ५४ लाख ४३ हजार ४ सय ८७ रुपैयाँ जरिवाना हुने फैसला सुनाएको छ। 

अर्का प्रतिवादी केशवलाल श्रेष्ठको १ वर्ष ६ महिना कैद र २५ करोड ६५ लाख ८६ हजार १ सय २४ रुपैयाँ बिगो भराउने फैसला सुनाएको छ। 

त्यस्तै प्रतिवादी इच्छाराज तामाङ, श्रृजना शाक्य तामाङ, केशबलाल श्रेष्ठ, मिना श्रेष्ठ, प्रतीक्षा तामाङ र प्रतिष्ठा तामाङको नाममा रहेको सम्पत्ति जफत हुने फैसला विशेषले सुनाएको छ। 

सम्बन्धित समाचार