तेहरान । इरानले शुक्रबार सिरिया र इराकमा इरानसँग जोडिएका धेरै लक्ष्यमा अमेरिकाले गरेको आक्रमणलाई ुरणनीतिक गल्तीु भनेको छ। इरानको विदेश मन्त्रालयले सिरिया र इराकमा भएको आक्रमणले ुक्षेत्रमा बढ्दो तनाव र अस्थिरता बाहेक अरू कुनै नतिजा नहुनेु बताएको हो।
यसअघि इराकले पनि अमेरिकी आक्रमणले यस क्षेत्रमा ‘विनाशकारी नतिजा’ ल्याउने बताएको थियो। इराकी प्रधानमन्त्रीको कार्यालयका अनुसार आक्रमणहरू देशको सार्वभौमसत्ताको ुउल्लंघनु हो र यसले ुइराक र क्षेत्रको सुरक्षा र स्थिरतालाई असर गर्नेछु।
अमेरिकी आक्रमणमा सर्वसाधारणसहित कम्तीमा १६ जनाको मृत्यु भएको इराकी अधिकारीहरूले बताएका छन्। अर्कोतर्फ सिरियाले सिरियाली क्षेत्रमा अमेरिकी ‘कब्जा’ जारी राख्न नसक्ने बताएको छ ।
यसअघि शुक्रबार धेरै अमेरिकी बी१ सुपरसोनिक बमवर्षक विमानले सिरियाका चार र इराकका तीनवटा आधारमा ३० मिनेटभित्र ८५ भन्दा बढी लक्ष्यमा आक्रमण गरेका थिए।
यी आक्रमणहरू सिरिया र इराकमा रहेको इरानी रिभोलुसनरी गार्ड्स कोरको कुड्स फोर्स र इराक र सिरियामा यससँग सम्बन्धित विद्रोही समूहहरूमाथि गरिएको थियो। यसअघि जनवरी २८ मा उत्तरपूर्वी जोर्डनमा रहेको अमेरिकी सैन्य शिविरमा ड्रोन हमला भएको थियो । उक्त आक्रमणमा तीन अमेरिकी सैनिक मारिएका थिए ।
अमेरिकाले यसका लागि इरानसँग सम्बन्धित मिलिशिया संगठनलाई जिम्मेवार ठहर गरेको थियो । ती आक्रमणको जवाफमा अमेरिकाले शुक्रबार आक्रमण गरेको थियो।