गणतन्त्र, संघीयता र धर्म निरपेक्षता मुलुकका लागि असान्दर्भिक भइसक्योः लिङ्देन

16.7k Shares

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्र, संघीयता र धर्म निरपेक्षता मुलुकका लागि असान्दर्भिक भइसकेको टिप्पणी गरेका छन्।विगत १५ वर्षको अभ्यासले संघीय लोकतान्त्रिक गणतन्त्र मुलुकलाई असफल भइसकेको प्रमाणित भएको उनको जिकिर थियो।

शनिबार काठमाडौँमा आयोजित ‘राष्ट्रियताको सन्दर्भमा गणतन्त्रको डेढ दशक’ विषयक विचार गोष्ठीमा बोल्दै अध्यक्ष लिङ्देनले देशलाई अब थप क्षति हुन नदिनका लागि पनि ठूला राजनीतिक दलहरु मुलुकमा राजासहितको लोकतान्त्रिक शासन व्यवस्थाको पक्षमा आउन सहमत हुनुपर्ने दोहोर्‍याए।उनले आफ्नो पार्टीले मुलुकलाई पछि फर्काउने नभई नयाँ बाटोमा अघि बढाउन चाहेको उल्लेख गर्दै त्यसका लागि तयार हुन पनि ठूला राजनीतिक दलहरुलाई आग्रह गरे ।

उनले भने, ‘हाम्रो विगत १५ वर्षको अभ्यासले प्रमाणित गर्‍यो, गणतन्त्र मात्रै होइन, गणतन्त्र, धर्म निरपेक्षता, संघीयता हाम्रो देशको सन्दर्भमा अनुपयुक्त रहेछ भन्ने मात्रै होइन, असफल भएको छ। देशलाई थप क्षति हुन नदिनका लागि, बलियो राष्ट्रियताको लागि पहिलो कुरा त मेरो आग्रह छ– ठूलो राजनीतिक दल हौँ भन्ने गणतन्त्रको संवाहक हुँ भन्नेहरुले कोर्स करेक्शन गर्न तयार हुनुपर्‍यो, नयाँ सम्झौताका लागि तयार हुनुपर्‍यो।’

सम्बन्धित समाचार