17.8k
Shares
काठमाडौँ । यो साता नेपाली बजारमा सुनको मूल्य स्थिर कायम भएको सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका अनुसार गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबार सुनको मूल्य स्थिर कायम भएको हो ।गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ४५० रुपैयाँ थियो । जुन, यो साताको शुक्रबार पनि सोही मूल्य कायम रहेर कारोबार भएको हो ।