नेपाल भ्रमणमा आएको चिनियाँ टोलीले प्रधानमन्त्रीलाई भेट्यो, दिनभरि भेटघाटका कार्यक्रम

18.3k Shares

काठमाडौँ-  नेपाल भ्रमणमा आएको चिनियाँ कम्युनिष्ट पार्टीको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग उनको निवास बालुवाटारमा भेट गरेको छ।चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हैयान नेतृत्वको टोलीले प्रधानमन्त्री दाहालसँग बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा भेटेको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ।

चारदिने नेपाल भ्रमणमा क्रममा चिनियाँ टोली शुक्रबार काठमाडौँ आइपुगेको हो। नेकपा माओवादी केन्द्रको निमन्त्रणामा चिनियाँ टोली चारदिने भ्रमणमा काठमाडौँ आएको हो।चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डलले शनिबार विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुसँग भेट गर्ने कार्यक्रम छ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली तथा नेकपा (एकीकृत समाजवादी पार्टी)का अध्यक्ष माधवकुमार नेपालसँग चिनियाँ टोलीले शनिबार नै भेट्ने कार्यक्रम छ।कांग्रेस सभापति शेरबहादुर देउवासँग भने चिनियाँ टोलीसँग सोमबार भेट गर्ने कार्यक्रम छ।चिनियाँ टोलीले आइतबार भने माओवादी नेताहरुसँग छलफल गर्ने कार्यक्रम छ। चिनियाँ टोली मंगलबार फर्कने कार्यक्रम छ।

सम्बन्धित समाचार