थाइल्यान्डको पटाका कारखानामा विस्फोट, १७ जनाको मृत्यु

15.2k Shares

काठमाडौं । मध्य थाइल्यान्डको पटाका कारखानामा विस्फोट हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ । 

सुफान बुरी प्रान्तमा रहेको पटाका कारखानामा बुधबार आगलागी भएको थियो र विस्फोटपछि ध्वस्त भएको बताइएको छ ।

घटनास्थलमा खिचिएका तस्बिरहरूले विस्फोटबाट सय मिटरभन्दा टाढा धान खेतमा विस्फोटका सामग्री देखिएको बताइएको छ ।

विस्फोट हुँदा कारखानामा २० भन्दा बढी कर्मचारी काम गरिरहेको प्रत्यक्षदर्शीले बताएका छन् । सिन्ह्वा/तस्बिर : एफपी

सम्बन्धित समाचार