माधव नेपाल, भीम रावलसहित ११ सदस्यलाई स्पष्टीकरण सोध्ने एमाले निर्णय

19.1k Shares

काठमाडौं । नेकपा एमाले स्थायी कमिटी बैठकले माधवकुमार नेपाल, भीम रावलसहित ११ जना  सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार विपक्षी दलका नेता शेरबहादुर देउवालाई सहयोग गरेका कारण स्पष्टीकरण सोध्ने निर्णय भएको हो ।

“कतिले हस्ताक्षर गरेको छैन भनेर वक्तव्य दिनुभएको छ,” ज्ञवालीले भने, “माधवकुमार नेपालले प्रधानमन्त्री बन्ने वातावरण बन्यो समर्थन गर्नुस् भनेर हस्ताक्षर गरेका हौँ । शेरबहादुर देउवालाई समर्थन छैन भनेर कतिले भन्नुभएको छ त्यसैले अहिले ११ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेका हाैँ ।”

सम्बन्धित समाचार