पीडितलाई झन् पीडा थोपर्दै काठमाडौं प्रहरी परिसरका डिएसपी पनेरु

13.9k Shares

काठमाडौं । काठमाडौं प्रहरी परिसरका प्रशासन शाखाका डिएसपी निर्मल पनेरुले पीडितलाई पीडा थापर्दे पीडकलाई हौशला बढाउने काम गर्दै आएको एक घटनाले पुष्ट्याई गरेको छ ।
पछिल्लो सयम डिएसपी पनेरुको कारण प्रहरी परिसर काठमाडौं डुङडुङ्ती गनाउने अबस्थामा पुगेको छ । हाल प्रहरी परिसर काठमाडौंको प्रशासन शाखामा कार्यरत पनेरुले उठौति पुठौति धन्दामा जोड दिएको पाइएको छ । इन्सपेक्टर हुँदा दम्भले भरिएका प्रधानमन्त्री केपी ओलीको पिएसओ बसेका निर्मल पनेरुले त्यस बखत पनि प्रधानमन्त्रीको नाम बेच्दै राम्रै आर्थिक नजरना लुँड्याएको उनी निकट जानकारहरुले बताउँदै आएका छन् । प्रधानमन्त्री ओलीको गुलामी पछि नेपाल प्रहरीका काविल अफिसरहरुलाई पछि पार्दै पनेरु डिएसपी बन्न सफल भए । डिएसपीमा बढुवा भए लगत्तै तत्कालीन प्रधानमन्त्री केपी ओलीको ठाडो आदेसमा काठमाडौं प्रहरी परिसरको मालदार अड्डाको रुपमा चिनिने बैँकिँग कसुर शाखा हत्याउन सफल भए । तत्कालीन समयमा काठमाडौं प्रहरी प्रमुख थिए एसएसपी विश्व अधिकारी । देशको बदलिँदो राजनीतिक घटनाक्रमसँगै व्यस्त तत्कालीन एसएसपी विश्व अधिकारीको आँखामा छारो हाल्दै कमाउ धन्दामा व्यस्त देखिन्थे डिएसपी निर्मल पनेरु । बैकिङ्ग कसुर शाखाका प्रमुख पनेरु र उनका सहयोगी इन्सपेक्टर द्वय कुशल कुमार वर्तौला र भानुभक्त अर्यालको टिमको खेलोमेलोले हिमाल चढेको त्यस बखत प्रहरी परिसर काठमाडौंमा चर्चाको विषय बनेको थियो । मेडिकल माफिया दुर्गा प्रसाँइको गत चैत १५ गतेको आन्दोलन र भदौको जेनजी आन्दोलनको सुरक्षामा अहोरात्र सडकमा खटिएका तत्कालीन एसएसपी विश्व अधिकारीलाई फनफनी घुमाउँदै आएका पनेरुको हर्कत एक व्यापारीसँग हिमालयन जाभामा डिलिङ्गकै अबस्थामा भेटिएपछि छताछुल्ल भएको थियो । यतिमात्र नभई तत्कालीन समयमा अनुचित लेनदेनमा पक्राउ पुर्जी जारी भएका काठमाडौंको स्वयम्भूमा बस्ने मिटर व्याजी हरेश माया खड्गी र बुद्ध रत्न खड्गीलाई आफ्नो कार्यकक्षमा बोलाएर गफिएर बस्ने गरेको समेत पाइएको थियोे । डिएसपी पनेरुको यस्ता रवैयाको घेरा तोड्दै नेपाल प्रहरीका काविल अफिसर तत्कालीन स्वयम्भूका डिएसपी उद्वव सिहँ भाटले मिटर व्याजी हरेश माया र बुद्ध रत्नलाई पक्राउ गरि एसएसपी विश्व अधिकारीलाई बुझाएका थिए । यी सबै घटनाक्रम पछि डिएसपी पनेरुलाई बैँकिङ्ग कसुर शाखाको जिम्मेवारीबाट मुक्त गराई अन्य जिम्मेवारी दिईएको थियो । जेनजी आन्दोलन पछि प्रहरी परिसर काठमाडौंको कमाण्ड सम्हाल्न पुगे एसएसपी रमेश थापा । ‘भाग्यको लेखा –दैवको लिला’ भने झै प्रहरी परिसर काठमाडौंको कमाण्ड सम्हालेकै दिन एसएसपी रमेश थापालाई मातृशोक प¥यो । नेपाल प्रहरी संगठनको सधै हित चिताउने, जनताको मनमुटुमा बस्न सफल एसएसपी रमेश थापालाई मातृशोक परेको बखत उनले प्रहरी परिसर काठमाडौंमा घुमुवाको कमाण्ड सम्हालेका थिए । घुमुवाको कमाण्ड समालेका बेला पनेरुले देखाएका हर्कत के कस्तो रह्यो भन्ने कुरा प्रहरी परिसर काठमाडौंमा व्यापक चर्चा चलेको थियो । नेपाल प्रहरी संगठनकै सोझा एसएसपीको छवि बनाएका रमेश थापालाई गुमराहमा राख्दै डिएसपी पनेरु पुनः काठमाडौं प्रहरीको प्रशासन शाखा हत्याउन सफल भए । जेनजी आन्दोलनपछि प्रहरीका ध्वस्त भएका संरचना निर्माण, कमजोर भएको प्रहरीको मनोबल उकास्न तल्लीन एसएसपी रमेश थापाको व्यस्ततालाई भरपुर फाइदा लिँदै डिएसपी पनेरुले उठौति पुठौति धन्दामा जोड दिएका छन् । प्रहरी परिसर सोर्तका अनुसार ‘किलो वान’को व्यस्त कार्यतालिकाबीच शाखामा भइरहेको गतिविधिबारे पर्याप्त निगरानी हुन नसक्दा पनेरु नेतृत्वको टोली आर्थिक चलखेल लिप्त रहेको काठमाडौं प्रहरी परिसरका प्रहरीहरुले नै बताउने गरेका छन् । गत हप्ता डिएसपी पनेरुले काठमाडौंको कालिमाटीमा सानो व्यापार गर्दै आएका एक व्यापारीलाई झन्डै मर्न बाध्य बनाएको घटना बाहिरिएको छ । काठमाडौं उपत्यकालाई आधार इलाका बनाउँदै मिटर व्याजी धन्दा चलाउँदै आएका भारतीय नागरिक भरत प्रसाद साह (कलवार) सँग मिलि डिएसपी पनेरुले यस्तो रवैया चलाएको बुझिएको हो । कालिमाटीमा सानो व्यापार गर्दै आएका एक व्यापारीले व्यापारको सिलसिलामा भरत प्रसादसँग एक करोड रुपैयाँ ऋण लिएकोमा मिटर व्याज सहित करिव १० करोड रुपैयाँ बुझाई सकेको पिडितले रुँदै हाम्रा संवाददातालाई बताएका छन् । मिटर व्याजी भरत प्रसादले डिएसपी पनेरुको सल्लाहमा काठमाडौंको सिडियोलाई समेत गुमराहमा राख्दै शान्ति सुरक्षाको नाममा उठौति पुठौति धन्दा चलाएको बुझिएको छ । पिडित व्यापारी सुगर, प्रेसर र डिप्रेसनका रोगले आफैं पीडित छन् भने उनले कसलाई कसरी सुरक्षाको थेर्ट देलान् ? सिडियो कार्यालयको शान्ति सुरक्षाको पत्रकै आधारमा प्रहरीले सामान्य अनुसन्धान पनि नगरी पीडितलाई झन् पीडिा दिने काम प्रहरी परिसरका डीएसपी पनेरुले गरेको पाइएको छ । पिडित व्यापारीले तिर्नै नपर्ने रकमलाई तिर्नु पर्छ भन्दै डिएसपी पनेरुले बाराम्बार फोन गर्दै धम्क्याएर भरत प्रसाद र उनका छोरा बुहारीको नाम उल्लेख गर्दै ३ करोडको दरले तीन वटा कागजमा ९ करोडको तमसुक बनाई हस्ताक्षर गराउने तयारी गरिरहेको अबस्थामा पीडित हाम्रा सम्पर्कमा आएका थिए । यतिमात्र नभई डिएसपी पनेरुले गत हप्ता पिडित व्यापारीलाई मानसिक तनाव दिँदै दिनभर कालिमाटी प्रहरी बृतमा राख्न लगाएको बुझिएको छ । डिएसपी पनेरुको निर्देशनमा तयारी गरेको ९ करोडको कागज हामीसँग सुरक्षित रहेको छ । अझ भरत प्रसादले प्रहरी परिसर काठमाडौंमा शान्ति सुरक्षासहित ठाडो उजुरीमा पेस गरेको कागजात नेपाली नागरिकता र लाइसेन्स शंकास्पद देखिएको छ । उनको नागरिकता बारे जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बुझ्दा कुनै कागजात भेटिएको छैन । यस विषयमा अनुसन्धान सम्बन्धित निकायले गरोस् । समाचारको विषयलाई लिएर डिएसपी पनेरुसँग सम्पर्क गर्दा गल्ती स्वीकार गरेका छन् । डिएसपी निर्मल पनेरुको यस्ता गलत गतिविधि र प्रहरी संगठनलाई नै बद्नाम गराउने रवैयाबारे खोजतलास जारी छ ।

सम्बन्धित समाचार