रवि लामिछानेले साढे ४ बजे पत्रकार सम्मेलन गर्दै

17.5k Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पत्रकार सम्मेलनको आयोजना गर्दै छन् । सभापति लामिछानेले सोमबार दिउँसो साढे ४ बजे पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्न लागेका हुन् ।  आफूमाथि सहकारीको पैसा हिनामिना गरेकाे आरोप लागेपछि उनले पत्रकार सम्मेलनको आयोजना गर्न लागेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्,'सम्पूर्ण गाली गलोजहरु सुरक्षित राख्नु होला । कुनै दिन मन लागे पछुताउन काम लाग्न सक्छ। पार्टी कार्यालयमा आज ४:३० बजे पत्रकार सम्मेलनमा प्रश्नसहित आउनु होला ।'लामिछानेविरुद्ध सहकारी विभागमा समेत उजुरी परेको छ । 

सम्बन्धित समाचार