डम्पिङसाइटमा भेटियो नवजात शिशुको शव

17.2k Shares

उदयपुर । उदयपुरको कटारी नगरपालिका–३ राजावासमा रहेको फोहर विसर्जनस्थल (डम्पिङसाइट)मा फालिएको फोहरमा नवजात शिशुको शव फेला परेको छ । फोहर संकलन गरी फोहर छुट्याउने क्रममा कामदारले फोहरसँगै फालिएको फोहर कपडाभित्र शिशुको शव देखेको वडासदस्य पष्पु खाँले बताए ।

शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको स्थानीय देव ढुंगेलले बताए । वडासदस्य खाँका अनुसार आजै बिहान कटारी बजार क्षेत्रबाट नगरपालिकाको ट्र्याक्टरले संकलन गरी लगेर फालेको फोहरमा शव भेटिएको हो ।

शवलाई प्रहरीले कटारी अस्पतालमा लगेर राखेको छ ।“आजै उठाइएको फोहरमा शव रहेछ,” वडासदस्य खाँले भने, “नगरपालिकाको ट्र्याक्टरमा शवलाई अस्पताल ल्याइएको छ ।” इलाका प्रहरी कार्यालय कटारीले शव भेटिएको पुष्टि गर्दै अनुसन्धान जारी रहेको जनाएको छ ।

महिना पुगिसकेको जस्तो देखिने कपाललगायतका अंक बनिसकेको मृत नवजात शिशुको शव भेटिएको प्रहरीले जनाएको छ । रासस

सम्बन्धित समाचार