काठमाडौं । एकीकृत समाजवादी पार्टीका डोल्पा जिल्ला उपाध्यक्ष मानप्रसाद बुढाद्वारा काभ्रेकी एक युवतीलाई प्रलोभनमा पारी ठगी गरेको खुलासा भएको छ ।
करिब तिन वर्ष अगाडि मानप्रसाद बुढाले सँगै एउटै घरमा बस्दै आएकी काभ्रे जिल्लाकी सुमी लामालाई विभिन्न प्रलोभनमा पारी २५ लाख रुपैयाँ आफ्नो खातामा हाल्न लगाई ठगी गरेको पाइएको छ ।
बुढाले यार्शागुम्बाको व्यापारबाट मनग्य आम्दानी हुने भनी २५ लाख रुपैयाँ मानप्रसादले आफ्नो खातामा सुमी लामालाई हाल्न लगाएका थिए । केही महिनापछि बुढाले २५ लाख रुपैयाँमा १२ लाख ५० हजार रुपैयाँ फिर्ता गरे पनि बाँकी रुपैयाँ भने अहिलेसम्म फिर्ता नगरेको र १२ लाख ५० हजार रुपैयाँको चेक लामालाई ठगी गर्ने उद्देश्यले आफ्नो खाताको चेक नदिई भाई राकेश बुढाको खातामा रकम नै नभएको चेक दिई लामालाई दुःख दिँदै आइरहेको दुखेसो खोजतलाससँग लामाले पोखिन् ।
रकम लिनको लागि लामाले पटक—पटक फोन गर्दा उनले दिने आश्वासन दिँदै आए पनि झण्डै तिन वर्ष वितिसक्दा पनि अहिले आएर फोन सम्म नउठाएपछि आफू मानबहादुरबाट ठगिएको ठहर गरी आफू ठगिएको भन्दै प्रहरीको शरणमा पुग्दा मानबहादुरले राजनीतिक दवाव दिई उल्टै ठग्ने उद्देश्यले आफूलाई दुःख दिँदै प्रहरीले समेत खासै चासो नदिएको गुनासो लामाले पोखेकी छिन् ।
पीडित लामाले सो चेकको विषयलाई लिएर अदालतको ढोका ढक्ढक्याउन कानुनी परामर्श समेत थालिरहेको र चाँडै नै मुद्दासमेत दर्ता गर्ने योजनामा रहेको खोजतलासलाई जानकारी गराएकी छिन् ।
पीडित सुमी लामाको विषयमा मानप्रसाद बुढासँग बुझ्न उनकै फोन नं. ९८५१२१४१८९ मा खोजतलासले पटक—पटक फोन र मेसेज पठाउँदासम्म उनले खासै चासो देखाएनन् ।