काठमाडौं, ६ जेठ । नेकपा (एमाले) को स्थायी कमिटीएमाले स्थायी कमिटी बैठक सम्पन्न बैठक सम्पन्न भएको छ । भर्खरै सम्पनन भएको बैठकले सर्वोच्च अदालतले केहीबेर अघि गैरसांसद मन्त्रीहरुको पूनःनियुक्ती गैरसंवैधानिक भनेर गरेको पदमुक्त गर्ने फैसलाको स्वागत गरेको छ । बैठकपछि मिडियाकर्मीहरुलाई प्रतिक्रिया दिँदै प्रवक्ता प्रदीप ज्ञवालीले यस्तो जानकारी दिएका हुन् । उनले आफूहरुले सँधै अदालतको फैसलाको स्वागत र सम्मान गर्ने विश्वास दिलाए ।
त्यस्तै, आजको बेठकमा कोडिभविरुद्ध भएका प्रयास, पछिल्लो संक्रमणका विरुद्धमा सरकारले गरेका कामको बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी दिएका थिए । आगामी दिनमा कसरी जुध्ने भन्नेबारे पनि प्रधानमन्त्री ओलीले तयारी सुनाएका थिए । बैठकले सरकरालाई कोभिडविरुद्धको भ्याक्सिन ल्याउन पहल गर्ने, एकीकृत ढंगले स्वास्थ्य प्रणालीलाई अघि लैजान जरुरी रहेको निश्कर्ष निकालेको र यसको लागि तीन वटै तहसँग समन्वयको जरुरी रहेकोबारे निश्कर्ष निकालेको पनि सुनाए ।