कार्यदलका पाँच जना नै मन्त्री बन्ने !

18.2k Shares

काठमाडौं, ३२ साउन । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को विवाद हल गर्नको लागि अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालको सहमतिमा ६ सदस्यीय कार्यदल गठन भएसँगै कार्यदलका पाँच सदस्य मन्त्री बन्ने भएका छन् ।
उक्त कार्यदलको संयोजकमा महासचिव विष्णु पौडेलबाहेकका पाँच सदस्य मन्त्री बन्ने भएका हुन् । अध्यक्षद्धय ओली र दाहालनजिकका दुई—दुई जना र बरिष्ठ नेता माधव कुमार नेपाल समूहबाट पनि दुई जना सदस्य छन् ।
ओली समूहबाट संयोजक पौडेल र स्थायी कमिटी सदस्य शंकर पोखरेल, दाहाल समूहबाट स्थायी कमिटी सदस्यहरु जनार्दन शर्मा र पम्फा भुषाल छन् । उता, वरिष्ठ नेता नेपाल समूहबाट स्थायी कमिटी सदस्यहरु डा। भीमबहादुर रावल र सुरेन्द्र पाण्डे छन् ।
कार्यदल गठन गर्नुअघि नै दुई अध्यक्षबीच मन्त्रिमण्डल पूनर्गठन गर्ने सहमति भएको थियो । नेकपा उच्च स्रोतले दिएको जानकारीअनुसार नवगठित कार्यदलका संयोजक पौडेलबाहेक सबै सदस्यहरुलाई मन्त्रिमण्डल पूनर्गठन गर्दा मन्त्री बनाईने मोटामोटी सहमति ओली र दाहालबीच भएको छ ।
अध्यक्षद्धय ओली र दाहालबीच मुख्यमन्त्रीहरु पनि फेरबदल गर्ने सहमति बनेको छ । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले मुख्यमन्त्री छोडेर केन्द्रमा आउन चाहेका छन् । पार्टीभित्रको आन्तरिक कलह चुलिएसँगै अध्यक्ष ओलीले उनलाई काठमाडौं बोलाएका हुन् । उनी गत असार १० यता प्रायः यतै छन् ।
यद्धपी ओली–दाहालबीच भएको पछिल्लो सहमतिलाई लिएर वरिष्ठ नेताहरु झलनाथ खनाल र नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ असन्तुष्ट छन् । उनीहरुले तत्काल सचिवालय बैठकको माग गरेका थिए । सोहीअनुसार नेकपा सचिवालय बैठक आज सोमबार बस्ने तय भएको थियो ।

सम्बन्धित समाचार