बरहथवामा कार्यरत डीएपीको सरुवा, नयाँ इन्चार्जमा मुक्तिनाथ सापकोटा

15.9k Shares

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले सर्लाही स्थित इलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत डिएसपीलाई सरुवा गरेको छ । डिएसपी गङ्गा थापालाई काज सरुवा गरेर उनको स्थानमा मुक्तिनाथ सापकोटालाई पठाइएको प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतले बताए । नगर अस्पताललाई स्तरोन्नति गरेर प्रदेशलाई हस्तान्तरण गर्ने विषयमा विवाद हुँदा पुस २० मा प्रहरीले चलाएको गोली लागेर जयशंकार शाहको मृत्यु भएको थियो । सो घटनाका कारण डिएसपी गङ्गा थापालाई प्रहरी प्रधान कार्यालयले जिम्मेवारी मुक्त गरेको हो ।

बरहथवामा इन्चार्जको रूपमा खटाइएका डिएसपी सापकोटा सिन्धुली स्थित दुधौली तालिम केन्द्रमा कार्यरत थिए । जयशंकरको मृत्युपछि आन्दोलनरत पक्ष र स्थानीय प्रशासनबिच ११ बुँदे सहमति भएको छ । सहमति सँगै पाँचदलीय गठबन्धनले आन्दोलनका कार्यक्रम स्थगित गरेका थिए । नेपाली कांग्रेस, जसपा, लोपसा र जनमत पार्टी सहित ५ दलले अस्पतालको विषयलाई लिएर आन्दोलन गरेका हुन् । 

सम्बन्धित समाचार