आजियाटाले एनसेलको सेयर खरिदबिक्री विवरण प्राधिकरणमा बुझाएन

20k Shares

काठमाडौं । एनसेलको सेयर खरिदबिक्री स्वीकृतिका निम्ति नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणमा अझै निवेदन बुझाइएको छैन ।

एनसेलको मुख्य कम्पनी आजियाटाले गएको डिसेम्बर १ मा आफ्नो सेयर स्वामित्व बिक्री गर्दै नेपालबाट बाहिरिएको घोषणा गरेको थियो । हालसम्म कम्पनीले सेयर खरिदबिक्रीका निम्ति प्राधिकरणबाट स्वीकृति भने लिएको छैन ।

दूरसञ्चार नियमावली, २०५४ को नियम १५ (१) को (ट) र नेपाल दूरसञ्चार प्राधिकरण (अनुमतिपत्र प्राप्त व्यक्तिको सेयर खरिदबिक्री) विनियमावली, २०७६ को विनियम ४ (क) अनुरूप दूरसञ्चार सेवा कम्पनीले पाँच प्रतिशतभन्दा बढी सेयर खरिदबिक्री गर्नुअघि प्राधिकरणबाट स्वीकृति लिनुपर्छ ।

सोहीअनुसार अनुमित लिने भनिए पनि हालसम्म निवेदन पेस नगरिएको प्राधिकरणका निर्देशक एवं प्रवक्ता सन्तोष पौडेलले बिहीबार जानकारी दिए । एनसेलले प्राधिकरणलाई सेयर खरिदबिक्रीको विवरण भने बुझाएको छ ।

सम्बन्धित समाचार