काठमाडौँलाई छिटै प्लाष्टिकमुक्त बनाइनेछ : वनमन्त्री ठकुरी

10.4k Shares

काठमाडौँ ।  वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले निकट भविष्यमा नै मन्त्रालयभित्र युवामैत्री कक्षको व्यवस्था गरिने आश्वासन दिएका छन् ।  न्युज एजेन्सी नेपालले गरेको ‘मन्त्रीसँग युवा’ कार्यक्रममा सहभागी अधिकांश युवाहरूले मन्त्रालयभित्र युवा जलवायु अभियन्ताहरूका सुझाव, गुनासो तथा नवीनतम आविष्कारलाई सम्बोधन गर्ने गरी छुट्टै संयन्त्र राख्न अनुरोध गरेपछि मन्त्री शाहीले छिट्टै त्यस किसिमको व्यवस्था मिलाइने बताएका हुन् ।

 उनले यथार्थमा हरित सहर बनाउने विषयमा आफ्नो ध्यानाकर्षण भएको उल्लेख गर्दै मन्त्रालय त्यसको गृहकार्यमा जुट्ने बताए । उनले ४० माइक्रोन भन्दा कमको प्लास्टिकलाई प्रतिबन्ध लगाइएकाले अहिले सिंहदरबार प्लास्टिक मुक्त बनेको बताए । 

सम्बन्धित समाचार