जबरजस्ती करणीको मुद्दामा दोषी ठहर भएका क्रिकेटर लामिछानेविरुद्ध अदालतले आज सजाय निर्धारण गर्ने

17.8k Shares

काठमाडौं– जबरजस्ती करणीको मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतले आज (बुधबार) सजाय निर्धारण गर्ने भएको छ। 

जिल्ला न्यायाधीश शिशिरराज ढकालको पुस १३ गतेको इजलासले सन्दीपलाई दोषी ठहर गरेको थियो। अदालतले दोषी ठहर गरे पनि सजाय भने निर्धारण भएको थिएन्। 

सजाय निर्धारणका लागि आज (२५ पुस २०८०, बुधबार)का लागि पेसी तोकिएको थियो। 

सम्बन्धित समाचार