काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बूढानीलकण्ठ नगरपालिकामा करारमा काम गर्ने सवइन्जिनियर टिकाराज राईसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले मंगलबार आयोगले घुस लिए दिएको अभियोग सव इन्जिनियर राई र ठेकेदार रामचन्द्र सुनुवारविरुद्ध घुस लिई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो । आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले घर निर्माण सम्पन्न भएको प्रमाणपत्र उपलब्ध गराए वापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा आयोगबाट खटिएका टोलीले राईलाई सेवाग्राहीबाट लिएको ८० हजार घुस रकमसहित नियन्त्रणमा लिएको थियो।
राई र ठेकेदार रामचन्द्र सुनुवारले मिलोमतोमा निर्माण सम्पन्न भएको घरका धनीसँग घुस माग गरेका थिए। उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बममोजिनको कसुरमा बिगो ८० हजार कायम गरी भ्रष्टाचार निवारण ऐन बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय माग गरिएको छ।