नेपालबाट करोडौं रुपैयाँ बराबरको दाँत सफा गर्ने ‘डेन्टिफ्रिस’ निर्यात

16.7k Shares

काठमाडौँ । नेपालबाट करोडौं रुपैयाँ बराबरको दाँत सफा गर्ने वस्तु निर्यात हुने गरेको पाइएको छ । भन्सार विभागको तथ्यांकअनुसार दाँत सफा गर्न प्रयोग हुने पाउडर र जेल लगायत वस्तु निर्यातबाट करोडौं रुपैयाँ भित्रने गरेको पाइएको हो ।चालू आर्थिक वर्ष २०८०÷८१ को ५ महिनाको अवधिमा नेपालबाट २३ करोड ४८ लाख रुपैयाँको डेन्टिफ्रिस निर्यात भएको छ । डेन्टिफ्रिस भन्नाले दाँतमा लाग्ने किरा हटाउनका लागि प्रयोग हुने पाउडर र जेल हो ।

यस अवधिमा नेपालबाट ४ लाख ४७ हजार किलोग्राम डेन्टिफ्रिस निर्यात भएको छ । नेपालबाट विशेष गरी चार मुलुकमा डेन्टिफ्रिस निर्यात भइरहेको छ । जसमा क्यानडा, चीन, भारत र मलेसिया रहेका छन् । यीमध्ये भारतमा सबैभन्दा धेरै २३ करोड २८ लाख रुपैयाँको निर्यात भएको छ । यस्तै, क्यानडामा ६० लाख र चीनमा ६४ लाखको निर्यात हुँदा मलेसियामा १९ लाख ३७ हजार रुपैयाँको निर्यात भएको छ ।

सम्बन्धित समाचार