विराटनगरमा सोरुम फोडेर कार चोरी

8.8k Shares

विराटनगर । विराटनगरमा सोरुम फोडेर कार चोरी भएको छ । शुक्रबार बिहान सोरुमको मुख्य गेट खोलेर, भित्रको सीसा भएको ढोका फोडेर कार चोरेको थाहा भएपछि प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

घटना बिहीबार राति भएको हो । भक्स्वागन कम्पनीको विराटनगर–३ स्थित सोरुमबाट बा ०१३० च ८५८१ नम्बरको रातो रङ्गको कार चोरी भएको हो ।

घटनामा संलग्नले सोरुमभित्र प्रवेश गरेर कारसँगै त्यहाँ भएको ल्यापटप, धुलो पुछ्ने कपडा, प्लाष्टिकको बाट्टी, चिया कप समेत गाडीमा राखेर लगेको सिसीटिभी फुटेजमा देखिन्छ ।

पूजा इन्टरनेशनल नेपाल प्रा.लि. का एसिस्टेन्ट सेल्स मेनेजर इन्द्रराज श्रेष्ठका अनुसार यो कारको मूल्य ८० लाख २५ हजार पर्दछ । सोरुममा दुईवटा कार  थिए । त्यसमध्ये एउटा कार केहिदिन अघि काठमाडौं लगिएको थियो ।

एउटा कार मात्रै भएको मौका छोपेर बाहिरको फलामको गेट खोलेर सोरुमभित्र प्रवेश गर्ने सीसाको ढोका फुटाएको देखिन्छ । गेट र ढोका खोलिसकेपछि कारको प्लाष्टिक कभर उप्काएर सजिलै लिएर गएको सिसिटिभी फुटेजमा देखिएको छ ।

सम्बन्धित समाचार