हक्कीका लागि खेल मैदान निर्माण गरिने

16.7k Shares

काठमाडौँ । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत हक्की खेलका लागि हुम्लामा खेलमैदान निर्माण गरिने भएको छ। हक्की संघ हुम्लाका अध्यक्ष रामजन रावतका अनुसार कर्णाली प्रदेश खेलकुद परिषद्ले हक्की प्रतियोगिता सञ्चालनका लागि सिमकोटमा मैदान निर्माण गर्न लागेको हो । यसका लागि परिषद्ले टेण्डरसमेत आह्वान गरिसकेको छ। परिषद्ले एक करोड ४७ लाख ७२ हजार ३ सय ३२ रुपैयाँ लागत लाग्ने गरी टेण्डर आह्वान गरेको हो।

खेल मैदान रहेको क्षेत्रमा हक्कीका लागि मैदान निर्माण गरिनेछ। कर्णाली प्रदेशबाट हक्की खेलाडी हुम्ला जिल्लाबाट सहभागिता जनाउँदै आएका कारण हक्की खेल मैदान पनि हुम्लामा निर्माण गर्न लागिएको हो। उनले खेलमैदान निर्माणले हक्की खेलको विकासका लागि सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

 
सम्बन्धित समाचार