एसपी लेखनाथ खनालका घुमुवाहरू पशुपति चौधरी र अजय साह परिचालन, महोत्तरीको सम्सी नाकाबाट व्यापक तस्करी, दुई दर्जन जति व्यापारीहरूलाई लाइन

22k Shares

महोत्तरी । महोत्तरीको सम्सी नाकाबाट भने व्यापक तस्करी भैरहेको छ । सशस्त्र प्रहरीको महोत्तरीको संरक्षण र सेटिङमा यहाँबाट व्यापक तस्करी भैरहेको छ । दुई दर्जन जति व्यापारीहरूलाई सशस्त्र प्रहरीले तस्करीको लाइन दिएको छ । तस्करीको लाइन पाउनेहरूमा कपडा र हार्डवेयरको काम गर्ने कालिया, कपडाको काम गर्ने सुनिल यादव, चप्पल, कपडा, खैनीको काम गर्ने शेख उजाला, कपडाको काम गर्ने महेश यादव, कपडाको काम गर्ने नसिमा खातुन, कपडा, हार्डवेयर, चप्पलको काम गर्ने लक्की (सहमोद) कपडाको काम गर्ने श्याम यादव, कस्मेटिकको गर्ने काम, शम्भु, राजनिवास र सूर्तिजन्य सामानको काम गर्ने महेन्द्र, मोवाइल पार्टसको काम गर्ने उमेश, बालुवा – गिट्टीको काम गर्ने बिजय साह, किरानाको काम गर्ने शोभा साह ,किरानाको काम गर्ने सैबुल खातुन, किरानाको काम गर्ने संजिव साह (भोकमखा), कपडाको काम गर्ने रामपति, कपडा र कस्मेटिकको काम गर्ने गजेन्द्र चौधरी, कपडाको काम गर्ने पहलमान (सोलवा), रक्सीको काम गर्ने कृष्णा, किरानाको काम गर्ने नमस्ते चाचा, गाइगोरूको काम गर्ने शेख समिरूल, रांगाभैंसीको काम गर्ने इद महमद, खसिबोकाको काम गर्ने मोती छन् ।

सशस्त्र प्रहरीले यी व्यापारीहरूलाई तस्करीको लाइन दिएको छ । तस्करहरूसंग सेटिङ मिलाउने सबै काम घुमुवाहरू सहायक हवल्दार पशुपति चौधरी र जवान अजय साहले गर्दै आएका छन् । यी घुमुवाहरूले सबै तस्करीको लाइन, सेटिङ र स्कटिङ समेत गर्ने गरेको खुलेको छ । तस्करहरूसंग रकम लेनदेन गर्ने काम यिनै घुमुवाद्वयले गर्दै आएको सोही गणका एक असईले जानकारी दिए । यो तस्करीलाई सशस्त्रको महोत्तरी गणका एसपी लेखनाथ खनालले पनि संरक्षण गरेका छन् भने सम्सी नाकाबाट तस्करी गर्ने तस्करहरूसँग रकम उठाउने काम उनले परिचालन गरेका घुमुवाहरू सहायक हवल्दार पशुपति चौधरी र जवान अजय साहले गर्दै आएका छन् । सशस्त्र प्रहरी बल मुख्यालयले घुमुवा परिचालन नगर्न परिपत्र र बारम्बार निर्देशन दिएपनि महोत्तरीका एसपी खनालले भने घुमुवा परिचालन गरेर तस्करी गराउने र तस्करहरूबाट रकम उठाउने काम गरिरहेका छन् । यो तस्करीको बारेमा सशस्त्र मुख्यालयमा जानकारी भए पनि अनुगमन नभएको समेत बताएको छ ।

सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल सीमावर्ती क्षेत्रबाट हुने तस्करी कसरी नियन्त्रण गर्न सकिन्छ भनेर लागिपरेका छन् । कहिले सीमावर्ती क्षेत्रका व्यवसायीहरूसंग छलफल र परामर्श गरिरहेका हुन्छन् त कहिले संगठनका पूर्व प्रमुख देखि अन्य अधिकारीहरूसंग पनि छलफल गरिरहेका छन् । एकातिर सरकारले लिएको लक्ष्य अनुसारको राजश्व भन्सार कार्यालयहरूले उठाउन सकेका छैनन् भने अर्कोतिर सीमावर्ती क्षेत्रबाट हुने चोरी तस्करी नियन्त्रण हुनुको साटो झन् बढेको छ । अहिले महोत्तरीबाट व्यापक तस्करी भैरहेको छ । केही दिन पहिले सिराहाबाट व्यापक तस्करी भैरहेको कुरा उजागर भए पछि इटहरी राजश्वले धेरै गोदामहरूमा छापा मारेर करोडौंको सामान बरामद गरेको थियो । उक्त तस्करीमा सशस्त्र प्रहरीको गणपति देखि अन्यको संरक्षण रहेको पुष्टि भए पछि उनीहरूलाई मुख्यालय तानेर कारबाही समेत भएको थियो ।

सम्बन्धित समाचार