- डी.बी. शाही
सन् १९०५ मा अमेरिकामा घटेकाे वास्तविक घटना जाे आधुनिक विज्ञानकाे बुझाइभन्दा बाहिर छ या आधुनिक बिज्ञानका अन्धभक्तहरुले बिश्वास गर्न स्वीकार गर्दैनन् तर प्रकृतिले घटाउने वास्विकतालाई कसैले लुकाउन या झुटाे सावित पनि त गर्न सक्दैन । यस्ता हजाराैं हजार घटनाहरु स्वयं आधुनिक बिज्ञानका भक्तहरुले नै चमत्कार (Its miracle) मात्रै भनेर टार्ने गरेका छन् तर त्यस्ताे चमत्कार कसरी हुन्छ त भन्ने कुराकाे साेध अनुसंधान गर्ने तिर खासै पहल गरेकाे देखिन्न र यस्ता घटनाले सिकाएकाे अत्यन्त उपयाेगी कुराहरुकाे संरक्षण गरेर प्रयाेग गर्ने रत्तीभर प्रयास पनि गरेकाे देखिन्न केही सिमित नगन्य र नमान्य ब्यक्तिहरुले समाजकाे भलाइमा प्रयाेग गराउने प्रयास तथा समाजलाई सचेत पार्न खाेज्नेहरुलाई बरु आधुनिक बैज्ञानिक शिक्षा पद्धतिले मुर्ख, रुढीवादी, असभ्य र अबैज्ञानिककाे बिल्ला लगाएर उनिहरु प्रति नकारात्मक विचार आम जनतामा फैलाएर, डर देखाएर बुझ्नै नखाेज्ने मानसिकताकाे वातावरण सिर्जना गरेकाे देखिन्छ । विश्वकाे कुरा छाेडाैं हाम्रै नेपालमा राजगुरु याेगी नरहरिनाथले हजाराैं जडिबुटी बारे सयाैं शिक्ष्यहरुलाई सिकाए पनि उनिहरुले आधुनिक चिकित्सा पद्धति विरुद्ध उभिन नसक्दा या कसैकाे षडयन्त्रकाे शिकार बनेर याेगी नरहरिनाथका समाज विकासकाे इतिहास, वंशहरुकाे इतिहास, हजाराैं राेगहरु निर्मुल पार्ने लाखाैंलाख जडिबुटी बारेकाे जानकारी सहीतका याेगीका कृतिहरु रातारात कता लगेर जलाइए या लुकाइए यस्ताे किन गरेकाे भनेर कसैले चासाे नै देखाएन उल्टै याेयी र उनकाे पक्षमा बाेल्ने मान्छेहरुलाई समेत सकेसम्म पागल या असफल, असक्षम ब्यक्तिकाे रुपमा समाजमा भ्रम फैलाउने कार्य किन गरियाे ?
आधुनिक चिकित्सा पद्धतिले आधुनिक समाजलाई भुलभुलैयामा अल्झाएर राख्न जतिसुकै लागिपरेकाे भए पनि हाल आएर मनुष्यहरु प्राकृतिक चिकित्सा पद्धति तिर फर्किन लागेकाे प्रष्ट देखिन्छ तर यहाँनेर एउटा समस्या अत्यन्त भयानक रुपमा विकसित हुन थालेकाे पनि छ । प्राकृतिक चिकित्साकाे नाममा आयुर्वेदका सिद्धान्त विपरित मानव स्वास्थ्य भन्दा पनि मान्छेलाई उल्लु बनाएर आभुनिक ब्यापारी नीति बढीभन्दाबढी सम्पत्ति कसरी कमाउन सकिन्छ भनेर आयुर्वेदकाे नियम विपरित अनेक प्रकारका उपचार पद्धति आआफ्नै पाराले प्रयाेग गरेकाे पाइन्छ । वास्तवमा आयुर्वेद चिकित्सा पद्धति प्रयाेग गर्नेलाई चिकित्सक नभनेर बैध्य भनिन्थ्याे त्याे बैध्यले राेगी उपचारकाे लागि आउदा तत्काल जंगलमा गएर जडिबुटी टिपेर बडिभन्दा बडि तीन दिनकाे लागि मात्र ओैषधि बनाएर दिन्थ्याे वास्तवमा जडिबुटीले असर गर्ने भनेकाे त्याे बुटीकाे आयुअनुसार मात्रै असर गर्ने रहेछ । कुनै जडिबुटीकाे आयु दश बर्ष छ भने त्याे बुटीले टिपेकाे दश दिन मात्रै काम गर्ने रहेछ दश दिन पछि त्याे काम गर्न सक्दैन तर अहिले प्राकृतिक चिकित्सकले जडिबुटी टिपेर सुकाएर प्रशाेधन गरेर प्रयाेगमा आउदासम्म त उसकाे असर गर्ने क्षमता समाप्त भै सकेकाे हुन्छ अनि त्यसले काम कसरी गर्छ ? याे केवल स्वास्थ्यकाे नाममा लुट्ने ब्यापार मात्र हाे । आज आयुर्वेद पद्धति एकादेशकाे राजाकाे कथा जस्तै कथामा सीमित पारिएकाे छ । यसकाे जिम्मेबार यसका बिराेधी पक्ष भन्दा पनि स्वयं याे पद्धतिलाई ब्यापारी करण गरेर अर्वपति बन्न खाेज्ने आयुर्वेदाचार्य पा प्राकृतिक चिकित्सक स्वयं लागि परेका छन् । मानव स्वास्थ्य भन्दा पनि स्वास्थ्यकाे नाममा ब्यापार गर्ने मानसिकता त्याे आधुनिक चिकित्सककाे हाेस या प्राकृतिक चिकित्सककाे हाेस यसलाई सुधार गर्न जरुरी छ मानव स्वास्थ्यकाे नाममा गरिने उपचारका जुनसुकै पद्धति हुन ती आज मानव स्वास्थ्य भन्दा पनि ब्यापार गर्नु पर्ने अवस्थामा किन पुगे त्यसकाे कारणबारे पनि शाधखाेज गर्न अत्यन्त जरुरी छ र अब मानव स्वास्थ्यसंग र उसकाे सम्पत्तिसंगकाे आँखमिचाैलीकाे खेलबारे जान्ने प्रयास र उपचार गर्न जरुरी छ ?
चिकित्सालाई ब्यापारी करण गर्नमा चिकित्सकहरु भन्दा पनि सबैभन्दा बढी जिम्मेबार सत्तामा बस्नेहरु र उनिहरुले बनाउने नीतिहरु छन् । आज एउटा चिकित्सक बन्न कराेडाैं लगानी गर्नु पर्ने शिक्षा नीतिकै कारण एउटा चिकित्सकले घरखेत गिरवी राखेर बेचेर बल्ल चिकित्सक बन्न सक्छ अनि उसले चिकित्सक बन्न गरेकाे लगानी उपचार गरेर नै गर्ने हाे यसरी एउटा चिकित्सक तयार हुन जति लगानी लागेकाे छ त्याे असुल त उपचार गरेरै असुलउपर गर्ने हाे । यदि जनताकाे स्वास्थ्य बारे सत्तामा बस्नेहरु वास्तवमा गम्भिर छन् भने स्वास्थ्य शिक्षा र इन्जिनियरिङ् शिक्षा सकेसम्म निशुल्क या न्युन शुल्कमा गर्न पाउने व्यवस्था गर्नु पर्छ र यसकाे साथसाथै कतिपय अचम्भित पार्ने घटनाहरु जसले मानवकाे स्वास्थ्य या अन्य दैनिकीमा चमत्कारिक काम गर्छ त्यसलाई कुनै वाद र अन्ध विश्वाससंग जाेडेर खिल्ली उडाउनु भन्दा फाइदा गर्छ भने ब्यबहारमा लागु गर्ने आट र विश्वास पनि गर्ने पहल गर्न जरुरी छ । संसार भरिका सत्ताधारीहरु या दक्षिणपंथी हुन या वामपंथी उनिहरुकाे सत्तामा कब्जा गर्ने सिढी एउटै हाे गास बास र कपासकाे सुव्यवस्था ल्याउने तर वास्तविकतामा त्याे कतै देखिन्न ? मानव विकासकाे क्रममा घटेका चमत्कारिक वास्तविक घटनाहरुलाई प्रत्येक्ष देखे भाेगेर पनि स्वीकार्न किन मान्दैन मानव सिर्जित विज्ञान ?
सन् १९०५ मा एउटा अमेरिकी नागरिक बिमार भए पछि बेहाेस भएर काेमामा गएर तीन दिनसम्म अनेक उपाए गर्दा पनि हाेसमा नआए पछि उसकाे उपचारमा खटिएका चिकित्सकहरुले उसलाई काेमाबाट बाहिर हाेसमा ल्याउन नसके पछि उनिहरुले अब हामी यसलाई ठिक पार्न सक्दैनाैं अब याे मान्छे चार देखि छ घण्टा भित्र मर्छ यदि बाँची गएछ भनेपनि बाँचुन्जेल पागल हुन्छ जतिजति समय बित्दै जान्छ यसकाे मश्तिष्कका शुक्ष्म तन्तुहरु बिसर्जित ( Disintegrate ) हुँदै गैरहेका छन्, अब कुनै उपाय छैन तर काेमामा बेहाेस अवस्थामा रहेकाे कायसी अचानक बेहासी मै बाेल्न थाले पछि चिकित्सकहरु हैरान हुन्छन, बेहाेस अवस्था मै कायसीले भन्छ म रुखबाट लडेर मेराे रिडकाे हड्डीमा चाेट लागेर बेहाेस भए काे हुँ छिटाे गर्नु हाेस बिमारीकाे बीष विस्तारै मेराे मश्तिष्क तिर जाँदैछ यदि छ घण्टा भित्र उपचार भएन भने म मर्छु । अनि उसले केही जंगली जडिबुटीकाे नाम लिन्छ र त्यसकाे ओैषधी तयार गरेर मलाई पिलाइ देउ म बाह्र घण्टामा ठिक हुन्छु भन्दै बेहाेस भै हाल्छ । सबै चिकित्सक हैरान भएर याे पागल भैसकेकाे छ भन्छन तर उसलाई बचाउने अरु उपाए पनि उनिहरुसंग थिएन आँखिरमा कायसीले भने अनुसार जडिबुटी खाेजेर उपचार गरिन्छ ,उसले भने अनुसार ठिक बाह्र घण्टामा कायसी हाेसमा आँउछ तर उसले नाम लिएका जडिबुटी र त्याे जडिबुटीबाट ओैषधी तयार पार्ने तरिका बारे उसलाई कुनै जानकारी हुन्न ? त्यस पछि उसले आफु बाँच्दासम्म तीस हजार भन्दा बढी बिरामीहरु सन्चाे पारेकाे भन्नेछ तर उ हाेसमा भएकाे वेला केही पनि थाह पाउन्न ।
कायसी अमेरिकामा जन्मेकाे भएर हाेला उसकाे यस प्रकारकाे अलाैकिक द्विव्य शक्तिलाई उपयाेगमा पनि ल्यायाे र त्यस माथि अनेक शाेधखाेज गरियाे तर हामीकहाँ त यस्ता अलाैकिक शक्ति भएका अनगिन्ती ब्यक्ति छन् आफुलाई आइ पर्ने समस्याकाे लागि यस्ता ब्यक्तिकाे सहयाेग लिएर समस्या समाधान भएकाे प्रत्येक्ष भाेगे पनि वर्तमान बैज्ञानिक समाजले मजाक उडाउछ भन्ने दकियानुसी मानसिकताकाे कारण याे कुरा सकेसम्म लुकाएर राख्छन् अनि कसैले कसरी सन्चाे भयाे भनि साेधे छ भने कुनै अस्पतालमा गएर उपचार नगरेकाे भए पनि सबैभन्दा महंगाे र नाम चलेकाे अस्पताल र नाम चलेकाे डाक्टर कहाँ उपचार गराएकाे भनेर झुट बाेल्न लाज पनि मान्दैनन् । म आफैले पढेलेखेका विद्वान तथा अनपढ गवार तर अलाैकिक शक्ति भएका ब्यक्ति प्रत्येक्ष भेटेकाे देखेकाे अनुभव पनि छ । एकपटक हामी राष्ट्र गुरु याेगी नरहरिनाथज्युलाई अष्ट्रेलियामा पञ्चधामकाे उद्घाटन गरिदिने निम्ताे वरिष्ट पत्रकार एवं राजनीतिक विश्लेषक तथा राजनीतिज्ञ प्रेम कैदी कहाँआए पछि उहाँलाई त्याे निम्ताेबारे खबर गर्न खाेज्दा उहाँ त्याे वेला लम्जुङ्गकाे दुर्यडाडामा नागकन्या कहाँ काेटी हाेम यज्ञमा ब्यस्त हुनुहुन्छ भन्ने थाह पाए पछि म र एकजना साथी इन्जिनियर लाेक बहादुर राउत उहाँलाई लिन त्यहाँ पुग्याैं राती पुगेकाे कारण राती त्यतै बस्नु पर्याे याेगीजी र नाग कन्याकाे अथिती भनेर हाम्राे राम्राे सम्मान गरियाे ।
केही समय पछि केही मान्छेले गाँउकाे एउटा मान्छेकाे दुर्घटनामा मृत्यु भैसकेकाे क्यक्तिकाे भुतले त्याे गाँउमा आतंक मचाउने गरेकाे बारे याेगीजीसंग गुनासाे गरेर त्यसकाे आतंकबाट गाँउलाई मुक्ति दिलाउन र उसकाेआत्मालाई पनि शान्ति दिलाउन आग्रह गरे अनि याेगी जीले आत्मा शरिरमा आउने कुनै मान्छे छ यहाँ भनेर साध्नु भयाे गाँउका मान्छेले एकजना त्यस्ताे मान्छे हाजिर गराए लाेक बहादुरजी र म स्वयं यस्ता कुरामा पटक्कै विस्वास नगर्ने तर बाध्यता बस नाग कन्याकाे सानु कुटियामा याेगीजी, नागकन्या, लाेकजी, म र एकजना आत्मा शरिरमा आउने र मृत मान्छेकाे आफन्त खाँदिएर बस्याैं एकक्षिण पछि याेगीजीले त्याे मान्छेलाई आैंला तेर्स्याएर ल भन तलाई के चाहियाे किन गाँउलेलाई दुख दिएकाे अनि त्याे मान्छे काँपेर कसरी उसकाे हत्या गरियाे भन्ने कुरा र उसकाे मुक्ति उसकाे हत्याराकाे हत्या गरे पछि मात्रै सम्भव छ भने पछि फेरि उसतिर आैंला तेर्स्याएर हैट त्यस्ताे हुन्न बरु त्याे मान्छेलाई उसकाे मृत्यु पछि जनावर कुकुर गदाकाे जुनीमा जन्मिने गरेर दण्ड दिने भने पछि केही बेर त मानेन तर याेगीजी पनि रिसायर उसलाई ल ठिक छ । त्यसाेभए त पनि युगाैं युग यसरी नै भट्की राख भन्दा केही नरम भएर के के गर्नु पर्ने शर्त राख्दै ती शर्त पुरा भए फेरी कहिलै त्याे गाँउमा आतंक नमच्चाउने वचन दिए पछि याेगीजीले ल त्यस्तै हुन्छ भन्दै अछेताले उसलाई हाने पछि उसकाे शरिरबाट त्याे मृत आत्मा गयाे र त्याे मान्छे काप्न छाेडेर शान्त भयाे । याे अचम्मकाे घटना जीवनमा पहिलाे पटक प्रत्येक्ष संगै बसेर देखेर अनुभव समेत गरियाे । म सानु हुँदा गाँउमा कतै चाेरी भयाे भने त्याे क्षेत्रमा कुनै एक जना लट्ठी कमाएर चाेरहरु र चाेरी गरेकाे सामानहरु पत्ता लगाएकाे पनि देखेकाे थिंए ।
मेरै छिमेकी गाँउमा एकजना कसैले मन नपराउने फाेहरी देखिने लाटाे जस्ताे नाम पनि अलि त्यस्तै घुर्या पादेध्या भन्ने हुनु हुन्थ्याे उहाँमा पनि अलाैकिक द्विब्य शक्ति थियाे उहाँले हराएकाे समान कहाँ नेर छ भेटिन्छ भेटिन्न ठ्याक्कै फरक नहुने गरी भन्नु हुन्थ्याे । यस्ता अलाैकिक द्विव्य शक्ति भएका व्यक्तिहरुमा त्याे शक्ति हमेशा हुदैन र उनिहरु चेनन अवस्थामा भएकाे वेला पनि हुन्न ,उनिहरु पूर्ण हाेसमा भएकाे वेला केही पनि थाह पाउन्नन अंझ भन्ने हाे भने केहीलाई छाेडेर धेरै जसाे त उनिहरु आँखा चिम्लेर चेतना रहीत भएकाे वेला भनेकाे कुरा एउटा पनि के भने भनेर थाह पाउन्नन । कायसी स्वयंले भनेका छन म हाेसमा भएकाे वेला केही पनि थाह पाउन्न,अनेक बैज्ञानिक र खाेज कर्ताहरुले आफुले गरेका अचम्भित आविष्कार र काम धेरै जसाे अर्धचेतन अवस्थामा या निन्द्रामा सपनामा काेही आएर अह्राएकाे भनेका छन्, माइकल ज्याकस्नले आफै स्वयं ननाचेर नाचले आफुलाई नचाएकाे भनेका छन् । यस्ता कुराकाे शाेध खाेज त भै राखे पनि गति लिन भने सक्या छैन तर एक न एक दिन याे पत्ता त लाग्छ नै हाेला त्याे दिन विज्ञान र अलाैकिक शक्तिकाे द्वन्न पनि बल्ल समाधान र निकास पाउनेछ तर अहिले वर्तमानमा भने आधुनिकता र विज्ञानकाे कालाे चश्मा लागाएर हामी स्वयंले ती अलाैकिक शक्ति प्राप्त ब्यक्तिलाई संरक्षण गर्नुकाे साटाे हेपेर अपहेलित गर्याैं प्रकृतिले मानव कल्याणकाे लागि पठाएका प्रकृतिका दूतहरुकाे बेवास्ता गर्याै ।
नवल परासीका एकजना गुरु गाेपालज्युमा पनि अपार अलाैकिक शक्ति थियाे मेरै काेठामा बसेर मेरै अगाडी एकजना अमेरिकामा काेमामा गएकाे ब्यक्ति डाक्टर र ज्याेतिषीले आशा मारी सकेकाे फाेनबाटै मन्त्र फुकेर अनि चामल तेल डाेरी फुकी दिए पछि काेमाबाट बाहिर आएर सामान्य अवस्थामा आफै आएकाे देख्दा डाक्टरकाे टिमले याे त अचम्मै भयाे (It's miracle) भनेकाे थिए रे ।अहिले पनि मज्जाले काम गरिरहेकाे कुरा केही दिन अघी मात्रै उनका आफन्तलाई साेध्दा एकदम स्वस्थ रहेकाे भनेका थिए । यस्ता घटनाहरुका हामीले प्रत्येक देखेर भाेगेका भए पनि बाहिर असभ्य,मुर्ख र पाखे रुढीवादी,पुरातनवादीकाे बिल्ला भिडाएर मजाक उडाइन्छ भनेर भन्न सक्ने र त्यसकाे प्रचार प्रसार र फाइदा लिने शाहस गर्न सक्दैनाैं । मानव कल्याणमा उपयाेगी सकारात्मक विचारहरु प्रयाेग गर्न र भन्न डराउछाैं तर चाेरी, तस्करी, कमिशन, बलात्कार, हत्या, मानव बेच बिखनका जस्ता नकारात्मक घटनाहरु कसरी प्रयाेग गरिन्छन्,मिडिया,पत्रपत्रिकामा,सामाजिक संजालमा विस्तृत ब्याख्या गरेर गर्ने उपाए, तरिकाहरु बहुत ठुलै महान् काम गरे जस्ताे गरी वखान गर्छाैं र अहिलेकाे समाजले बढी हेर्ने पढ्ने पनि त्यस्तै खबरहरु प्राथमिता पाउछन् । आधुनिकता, बैज्ञानिक, सभ्यता र उन्नत मानव समाजकाे विकासकाे अग्रगमण कता तिर जाँदैछ अब त साेच्नै पर्ने वेला भैसकेकाे छैन र ? आज हामी स्वस्थ जीवन र उन्नत समाजकाे सजगता र चेतनाकाे दाैडमा सामाजिक संजालका युट्युबे विशेषज्ञहरुकाे भ्रम जालमा सहज र सरद जीवनलाई दिन प्रतिदिन जटिल ( Complicated ) बनाउने तिर प्रकृतिले दिएकाे शक्तिलाई असभ्यता र जडसुत्रकाे ब्ल्याक हाेलमा जाखेर मानव सिर्जित विज्ञान,सभ्यता र आधुनिकताकाे अनुमानित यात्रामा उन्नत ,स्वस्थ र असल मानव समाजकाे काल्पनिक दाैडमा दाैडीरहेका छाैं ।