काठमाडौं- युट्युबर उमा चाम्लिङ राई पक्राउ परेकी छन्।खोटाङकी उमालाई सिक्किम प्रहरीले साम्प्रदायिक अशान्ति फैलाएको आरोपमा शनिबार पक्राउ गरेकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन्।भारतीय सञ्चारमाध्यमले उनीमाथि सिक्किमवासीबीच साम्प्रदायिक अशान्ति फैलाएको आरोप लगाएका छन्।
उमाविरुद्ध सिक्किम क्रान्तिकारी मोर्चा पार्टीकी सदस्य शिला राईले प्रहरीमा उजुरी दिएकी थिइन्। साेही उजुरीका आधारमा उनलाई पक्राउ गरिएकाे हाे। उमाले केही दिनअघि सामाजिक सञ्जालमा भिडिओ हाल्दै सिक्किममा रहेका राई समुदायहरू आफ्नो अधिकारका लागि एकजुट हुनुपर्ने भन्दै भिडिओ हालेकी थिइन्।
साथै उनीमाथि सिक्किममा प्रवेश गर्दा लिनुपर्ने इन्नर लाइन पर्मिट पनि नलिएको आरोप छ। उमालाई अदालतले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।