बझाङमा गयाे भूकम्प

16.7k Shares

काठमाडौं- बझाङमा भूकम्प गएको छ। आइतबार बिहान ६ बजेर ४५ मिनेटमा बजाङको काँडा केन्द्र भएर ३.४ रेक्टरस्केलकाे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचाेरले जनाएको छ।भूकम्पको धक्का बझाङसहित बैतडी, दार्चुला, बाजुरा, अछाम, डेडेलधुरा र डोटी लगायत पहाडी जिल्लामा महसुस गरिएको छ।

यसअघि गत असोज १६ गते बझाङ नै केन्द्र भएर ५.३ रेक्टर स्केलको भूकम्प गएकाे थियाे। उक्त भूकम्पमा १ जनाको मृत्यु हुनुका साथै ठूलो मात्रामा भौतिक संरचनामा क्षति पुगेको थियो।त्यसयता बजाङ केन्द्र भएर दर्जनौं भूकम्पका धक्का महसुस भएका छन्।पछिल्लो समय पश्चिम नेपालका अन्य जिल्लामा पनि भूकम्प गइरहेका छन्।

सम्बन्धित समाचार