३२ जना फरार प्रतिवादी पक्राउ

16.4k Shares

महोत्तरी । महोत्तरी प्रहरीले फैसला कार्यान्वयनसम्बन्धी विशेष अभियान अन्तर्गत ३२ जना फरार प्रतिवादी पक्राउ गरेको छ । फौजदारी तथा देवानी मुद्दामा कैद र जरिवाना सजाय पाएका ३२ जनालाई पक्राउ गरी आवश्यक कारबाहीको लागि जिल्ला अदालत महोत्तरीमा पठाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दिलिपकुमार गिरीले जानकारी दिए ।

आगजनी, जालसाजी,वन , अभद्र व्यवहार, कुटपिट र अंगभंग लगायतका मुद्दामा २ सय जरीवाना देखि कैद सजाय पाएका तर अदातलमा हाजिर नभएका व्यक्तिहरुलाई फैसला कार्यान्वयनका लागि पक्राउ गरिएको गिरीले बताए ।जिल्ला अदालत महोत्तरीका अनुसार फैसला भइ सजाए पाएका ३५ सय बढी प्रतिवादी अहिलेपनि फरार सुचिमा छन् । पछिल्लो एक हप्तामा १० महिनादेखि ११ वर्षसम्म फरार रहेका ३२ जना प्रतिवादी प्रहरीले पक्राउ गरेको गिरीले बताए । अदालतले फैसला गर्ने र सजाय पाएका मानिस समाजमा हिडिराख्दा फैसला कार्यान्वयन नभएको र सजाय पाएका मानिसले सजाय भुक्तान नगर्दा न्याए नपाएको पिडितको गुनासो आएकाले एक हप्तादेखि फैसला कार्यान्वयन सम्बन्धि विशेष अभियान महोत्तरी प्रहरीले संचालन गरेको डिएसपी गिरिले जानकारी दिए ।

सम्बन्धित समाचार