महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थामा छुट

17.5k Shares

काठमाडौं । महालक्ष्मी बैंक लिमिटेडले आफ्ना ग्राहकलाई विभिन्न संस्थामा छुट दिने प्रबन्ध मिलाएको छ । बैंकले होटल स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थाहरूसँग आफ्ना ग्राहकलाई छुट दिनेगरी सम्झौता गरेको हो ।

कार्डवाहक र मोबाइल बैंकिङ प्रयोगकर्ता ग्राहकहरूले उक्त संस्थाका विभिन्न सेवाहरूमा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकले मकवानपुरको हेटौंडास्थित भुङ्ग्रो थकालीमा १० प्रतिशत, न्यूरोडको एन्जल ज्वेलर्समा गहना बनाउने शुल्कमा ४० प्रतिशत, भैरहवाको गाउँलो चुल्होमा १० प्रतिशत र महाराजगञ्जको आगिलस डायग्नोस्टिकमा १५ प्रतिशत छुट प्रबन्ध मिलाएको जानकारी दिएको छ ।

यसैगरी हेटौंडाको पल्पसा प्याराडाइज होममा खाद्यान्नमा १० र कोठामा १५, सुन्धाराको एक्सप्रेस म्याग्देली होटलमा १०, मकवानपुरको क्वीक २० हाउस होटलमा १० र १५ तथा हिमालयन स्वीट एण्ड बेकरीमा पनि छुट व्यवस्था मिलाइएको बैंकले जनाएको छ ।

सम्बन्धित समाचार