प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल

5k Shares

काठमाण्डौ – प्रतिनिधिसभाको बैठकमा आज पनि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल भइरहेको छ ।

बिहान ११ बजे शुरू भएको बैठकमा दुई वटा संसदीय समितिका वार्षिक प्रतिवेदन पेश हुने कार्यसूची पनि रहेका छन् ।

आज बस्ने बैठकमा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राज किशोर यादवले ‘अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको वार्षिक प्रतिवेदन २०८२’ पेश गर्दै हुनुहुन्छ ।

यस्तै कानून, न्याय तथा मानव अधिकार समितिका सभापति विमला सुवेदीले ‘कानून, न्याय तथा मानव अधिकार समितिको वार्षिक प्रतिवेदन २०८१/०८२’ पेश गर्नुहुने कार्यसूची रहेको छ ।

सम्बन्धित समाचार