सन्दीपको मुद्दामा सकिएन बहस भोलि फेरि निरन्तर

16.1k Shares

काठमाडाैँ – नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेविरूद्धको मुद्दामा बुधबार दिनभर बहस भएको छ। बहस नसकिएपछि न्यायाधीश शिशिरराज ढकालले हेर्दाहेर्दैमा राखेका छन्। बिहीबार मुद्दा निरन्तर हुनेछ।सन्दीप पक्षका कानुन ब्यबसायि मुरारी सापकोटाले बहस गरीरहँदा आजको समय सकिएपछि भोली पुन निरन्तर मुद्दाको बहस हुने छ। सापकोटालेनै भोली बहस सुरु गर्ने छन्। सम्भवत भोली साँझ सम्ममा फैसाल आउन सक्नेछ।

यसअघि गत २३ कात्तिकमा न्यायाधिश केशव घिमीरेको इजलासले दुबै पक्षलाई २२ मंसिर भित्र बहस नोट अदालतमा बुझाउन आदेश। दिएका थिए। त्यसपछि दुबै पक्षले बहस नोट फाइल गरेपछि दोस्रो पटक पेशीमा मुद्दाको फाइनल बहस सुरु भएको हो।

यसअघि २४ मंसिरमा न्यायाधीश पदमराज पाण्डेयको इजलासमा परेको मुद्दाको सुनुवाइ पहिलो नम्बरमानै रहेको भएपनि सन्दीपका कानुन ब्यबसायीले बार एसोसिएसनको सम्मेलनका कारण देखाएर मुद्दा स्थगित गरेका भए पनि दोस्रो पटक गत ८ पुसमा न्यायाधीश शिशिरराज ढकालले इजलासमा, पहिलो नम्बरमै पेशी परेसँगै फाइनल बहस सुरु भएसँगै फाइनल बहस जारी छ।

सम्बन्धित समाचार