मनाइयाे यःमरी पुन्हि (तस्बिरहरू)

16.7k Shares

काठमाडौं- मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मंगलबार नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले बसन्तपुरमा यःमरी पूर्णिमा अर्थात् यःमरी पुन्हि मनाएका छन्।कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’काे उपस्थिति रहेको छ। यःमरी पुन्ही पर्वको अवसरमा आज र्‍यालीसमेत निकालिएको थियो।‘यः’ को अर्थ नेपाल भाषामा मनपर्ने, ‘मरी’ भनेको रोटी र पुन्हिको अर्थ पूर्णिमा हो भन्ने अर्थ राख्दै धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाउने प्रचलन युगौंदेखि जारी छ।

नेवार समुदायले ठूलो चाडका रूपमा मनाउने गर्छन्। यस पर्वमा खाद्य पदार्थको रसिलो चाडका साथै नयाँ धानबाट बनेको चामलको पिठोमा चाकु, खुवा र तिल राखेर मिठो यःमरी बनाउने गरिन्छ।यःमरी बनाउन आज बिहानदेखि घरघरका महिला व्यस्त भएका छन् । बिहान स्नानपछि घरमा लिपपोत गरी यःमरी पकाउने प्रचलन छ। यो पर्वलाई नेवार समुदायले नवअन्नप्राशनका रूपमा समेत मनाउने गरेको संस्कृतिविद् तेजेश्वरबाबु ग्वँग बताउँछन्।आजको दिन धान, गणेश, कूलदेवता, गैडुदेवता, गोठदेवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पिठो पिँधेर सेल, बाबर, पुरी मालपुवा बनाएर चढाउने परम्परा छ।

Screenshot 2023-12-26 125543.pngScreenshot 2023-12-26 125644.pngScreenshot 2023-12-26 125744.pngScreenshot 2023-12-26 125821.pngScreenshot 2023-12-26 125906.pngScreenshot 2023-12-26 130017.png

सम्बन्धित समाचार