17.6k
Shares
दार्चुला, १८ जेठ। दार्चुलाबाट अवैध काठ बरामद गरिएको छ । जिल्लाको व्यास गाउँपालिका-१ छाङ्रुस्थित सुतला सामुदायिक वनबाट ५१ थान काठ बरामद गरिएको हो ।
वन समितिले उक्त काठ बरामद गरेको हो । समितिका अनुसार गोप्य सूचनाका आधारमा काठ फेला परेको हो । काठ काटिएको ठाउँमा बन्चरो र सब्बलसमेत फेला परेका छन् । वनमा काठ काट्दै गरेका मानिस भने भागेका छन् ।