सुन तस्करीमा अर्को खतनाक जालो रहेको खुलासा

16.9k Shares

काठमाडौँ - पछिल्लोपटक १४ किलो सुन तस्करी प्रकरणले सुन तस्करीको अर्को खतरनाक जालो उजागर गरेको छ । उक्त प्रकरणमा पक्राउ परेका मीनबहादुर घलेसहितको टोलीले पटकपटक गरी हालसम्म विदेशबाट १ सय ३८ किलोग्राम सुन अवैध रूपमा भित्र्याएको खुलासा भएको छ । 

यसअघि गत साउन २ मा ६१ दशमलव ७ किलोग्राम सुन पक्राउ परेको थियो । गत मंसिर २१ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १४ केजी सुन बरामद गरिएको विषयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले बनाएको छानबिन समितिले छानबिन गरी तयार पारिएको प्रतिवेदनमा सो तथ्य खुलाइएको हो ।

विमानस्थल भन्सार कार्यालय अधिकृत एवं छानबिनसमितिका संयोजक भन्सार अधिकृत मणिराम पौडेलले प्रमुख भन्सार प्रशासक डा. टोकराज पाण्डेलाई आइतबार छानबिन प्रतिवेदन बुझाउँदै १४ किलो सुन तस्करी प्रकरणमा छानबिन गर्दा यति धेरै सुन तस्करी भएको खुल्न आएको जानकारी दिएका हुन् ।

१४ किलो सुन तस्करी प्रकरणमा प्रहरीले चन्द्र घलेसहित ९ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेकाहरूले स्वीकार गरेको आधारमा हालसम्म १ सय ३८ केजी सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पैठारी गरिसकेको तथ्य खुल्न आएको हो ।

सम्बन्धित समाचार