17.6k
Shares
काठमाडौं । काठमाडौंको व्यापारिक केन्द्रको रुपमा लिने गरिएको न्युरोडमा एकजनामा कोरोना भाइरस पोजेटिभ देखिएपछि सो क्षेत्रका सम्पूर्ण पसलहरु बन्द गरिएका छन् ।
न्युरोडका एक व्यापारीलाई कोरोना भाइरस पोजेटिभ देखिएपछि वडा कार्यालयले सूचना जारी गरेर सम्पूर्ण पसलहरु भदौ ७ गते सम्मका लागि बन्द गर्न आग्रह गरेको छ । अहिले त्यस क्षेत्रका सबै पसलहरु बन्द गरिएको छ ।