राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन हङकङ प्रस्थान

19.3k Shares

काठमाडौँ– राप्रपा अध्यक्ष एवं संसदीय दलका नेता राजेन्द्र लिङ्देन आज बिहान हङकङ प्रस्थान गरेका छन्। 

पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज हङकङको निमन्त्रणामा त्यहाँ आयोजित समाजको अधिवेशनलाई सम्बोधन गर्न र हङकङमा रहेका नेपाली समुदायसँग भेटघाट, छलफल र अन्तरक्रिया कार्यक्रममा सहभागी हुन उनी हङकङ गएका हुन्। 

उनले त्यहाँ आयोजित समाजको अधिवेशनलाई सम्बोधन र हङकङमा रहेका नेपाली समुदायसँग भेटघाट, छलफल र अन्तरक्रिया कार्यक्रममा सहभागी हुने बताइएको छ ।

अध्यक्ष लिङ्देनको भ्रमणदलमा राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, प्रवासी नेपाली एकता समाज (पानस) आइसीसीका अध्यक्ष प्रेमकुमार श्रेष्ठ र केन्द्रीय सदस्य हिक्मत जङ्ग कार्की सहभागी छन्।

सम्बन्धित समाचार