इक्यान ललितपुरको आठौ बार्षिक साधारण सभा सम्पन्न, अरबिन्दको अध्यक्षतामा नयाँ कार्यसमिति

21.3k Shares

ललितपुर । इक्यान (नेपाल शैक्षिक परामर्श संघ ललितपुर)को आठौ बार्षिक साधारण सभाबाट अरबिन्द कुमार सिंह अध्यक्षतामा चयन हुनुभएको छ । आज शुक्रबार ललितपुरको जावलाखेल अवस्थित बगैंचा रेष्टुरेन्टको भवनमा सम्पन्न ८ औँ बार्षिक साधारणसभामा सिंहको अध्यक्षतामा नयाँ संचालक समिति चयन भएको हो । 
सिंह यसअघि इक्यानको उपाध्यक्ष हुनुहुन्थ्यो । त्यस्तै कार्यसमिति उपाध्यक्षमा विरेन्द्र बज्राचार्य चयन हुनुभएको छ भने सचिवमा सनम कुमार महर्जन र कोषाध्यक्षमा मुकुन्द बजगाईँ चयन हुनुभएको छ । त्यस्तै कार्यसमित सदस्यहरुमा अजित कुमार, दिवस महर्जन, विनोद भट्टराई, योजना हमाल चयन हुनुभएको छ ।
विहान ९ बजे शुरु गरिएकाे कार्यक्रमा सभापतिको आसन शाखा अध्यक्ष उपेन्द्र देव ढकालले सम्हाल्नुभएको भएको थियो भने प्रमुख अतिथीको रुपमा केन्द्रिय अध्यक्ष शेषराज भट्टराई उपस्थित हुनुहुन्थ्यो । 

यस्तैमा कार्यक्रममा प्रमुख अतिथीले ललितपुर शाखाको उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्नुभएको थियो भने इक्यानको विभिन्न केन्दबाट आउनुभएका अतिथीहरुले ललितपुर शाखालाई शुभकामना तथा बधाई ज्ञापन दिनुभएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य अरविन्द कुमार सिंहले दिनुभएको थियो भने कार्यक्रमको उद्घोषककाे रूपमा विरेन्द्र बज्राचार्य हुनुहुन्थ्यो ।
कार्यक्रमा इक्यान सदस्यहरुलाई ट्रफी पनि वितरण गरिएको थियो । कार्यक्रम अपरान्ह १२ बजे समापन भएको थियो । 

1.JPG6.JPG2.JPG3.JPG4.JPG5.JPG7.JPG10.JPG11.JPG12.JPG13.JPG14.JPG15.JPG16.JPG17.JPG18.JPG

 

 

सम्बन्धित समाचार