18.1k
Shares
काठमाडौं - एनसेल आजियाटा कम्पनीको प्रमुख कार्यकारी अधिकृतलाई प्रतिनिधि सभा अन्तर्गत रहेको अर्थ समितिले पत्र पठाएको छ।
मलेसियास्थित ऐनसेल आजियाटाको सीईओलाई त्यहाँस्थित नेपाली दूतावासमार्फत पत्र पठाइएको अर्थ समितिका सभापति सन्तोष चालिसेले बताए। शेयर बिक्री किन जानकारी नदिई गरिएको र नेपालमा करको दायित्वबारे पनि समितिले प्रश्न सोधेको सभापति चालिसेले बताए।
यसअघि इमेलमार्फत गरेको पत्राचारको जवाफ नआएपछि मलेसियामा रहेको दूतावासमार्फत पत्राचार गरिएको सभापति चालिसेले बताए। हामीले लिखितम् सहित आउन र कुन व्यवस्था अनुसार एनसेलको शेयर खरिद बिक्री गरेको हो त्यसको हुबहु सामग्री सहित आऊ भनेका छौँ।’