21.1k
Shares
काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज आइतबार स्वदेश फर्किँदैछन्। जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप–२८) मा सहभागी हुन संयुक्त अरब ईमिरेट्स (यूएई) गएका प्रधानमन्त्री आइतबार साँझ स्वदेश फर्किन लागेका हुन्।
प्रधानमन्त्री प्रचण्ड फ्लाई दुबईको उडानमार्फत् आइतबार साँझ काठमाडौं आइपुग्ने कार्यतालिका छ।
प्रधानमन्त्री प्रचण्डले शनिबार कोप २८ मा सम्बोधन गरेका थिए। प्रधानमन्त्री प्रचण्डले विश्वव्यापी उत्सर्जनमा लगभग शून्य योगदान रहे पनि नेपालले जलवायु परिवर्तनको प्रत्यक्ष, असमान र हानिकारक प्रभाव झेलिरहेको बताएका थिए।