नबिल बैंक र उपाय बिजनेश सोलुशन्सबीच सम्झौता

17.4k Shares

काठमाडौं । नबिल बैंक र उपाय बिजनेश सोलुशन्सबीच बैंकको ग्राहकहरूको आवश्यकता अनुसार उपाय प्लेटफर्ममा उपलब्ध विभिन्न सेवाहरू प्रदान गरेर बैंकका ग्राहकहरूलाई सहयोग गर्ने सम्झौता भएको छ ।

बैंकका प्रमुख एसएमई, एमएफ र एसबी प्रमुख अमित श्रेष्ठ तथा उपाय बिजनेश सोलुशन्सकी प्रमुख कार्यकारी अधिकृत शोभा श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्‌ ।

यस साझेदारी अन्तर्गत बैंकका ग्राहकहरूले कर्जाका लागि आवश्यक प्रारम्भिक कागजात तयार गर्न तथा व्यवसायका लागी वित्तीय व्यवस्थापन, कानूनी र कर व्यवस्थापन गर्नका लागी उपाय विजनेश सोलुशन्सको सेवा लिने बताइएको छ ।

नबिल बैंकका अनुसार उपायले व्यवसायिक सेवाको बारेमा सजिलो र पारदर्शी समाधान प्रदान गर्नुको साथै बैंकका ग्राहकलाई आवश्यक बमोजिम क्षेत्रगत विशेषज्ञको सेवा उपलब्ध गराउनेछ ।

साझेदारीबारे बोल्दै बैंकका श्रेष्ठले भने, ‘नबिल बैंक, साना तथा मझौला उद्यमीहरूलाई वित्तीय पहुँचमा वृद्धि तथा समग्र अर्थतन्त्रको विकास गर्नका लागि आकर्षक ब्याजदरमा यथाशीघ्र ऋण उपलब्ध गराउनुका साथै विभिन्न सुविधाहरू र सेवाहरू उपलब्ध गराउन सँधै अग्रसर रहेको छ । हामीलाई आशा छ कि यो साझेदारीले साना तथा मझौला उद्यमीहरूको वित्तीय व्यवस्थापनमा पूर्णता प्रधान गर्नेछ।’

उपाय बिजनेश सोलुशन्सकी प्रमुख कार्यकारी अधिकृत शोभा श्रेष्ठ नबिल बैंकसँगको सहकार्यले उद्यमीहरूलाई निकै फलदायी हुने विश्वास व्यक्त गरिन्‌ ।

सम्बन्धित समाचार