प्रभु महालक्ष्मी इन्स्योरेन्सको सेयर नेप्सेमा सूचीकृत

14k Shares

काठमाडौँ - प्रभु महालक्ष्मी इन्स्योरेन्स कम्पनीको सेयर नेप्सेमा सुचीकृत भएको छ ।

साबिकको प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र सूचीकृत नभएको महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड एकआपसमा १:१ अनुपातमा मर्जर पश्चात हुन आएको एक सय रुपैयाँ अंकित तथा चुक्ता मूल्यका ४ करोड २९ लाख ६० हजार कित्ता सेयर सूचीकृत भएको हो । मर्जर पछि प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको नामबाट धितोपत्रको सूचीकरण गरिएको र मर्जर प्रयोजनको लागि रोक्का रहेको उक्त कम्पनीको शेयर कारोबार फुकुवा गरिएको नेप्सेले जनाएको छ ।

अब भोलिबाट नेप्सेमा उक्त कम्पनीको सेयर कारोबार खुल्नेछ । हाल सूचीकरण भएको महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको २ करोड १० लाख कित्ता संस्थापक शेयर र यस भन्दा अघि सूचीकृत साबिकको प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको २ करोड १९ लाख ६० हजार कित्ता गरी कुल ४ करोड २९ लाख ६० हजार कित्ता सेयर सूचीकृत भएको हो । उक्त सेयर अब PMLI टिकर मार्फत कारोबार हुनेछ ।

सम्बन्धित समाचार