17k
Shares
काठमाडौं, २६ बैशाख । संवैधानिक परिषदको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पनि सहभागी छन् । आजको बैठकमा विभिन्न संवैधानिक आयोगमा रिक्त रहेका पदहरुमा नियुक्तीको लागि राष्ट्रपतिसमक्ष सिफारिश गर्ने तयारी छ ।
संवैधानिक परिषदको बैठकमा नजानको लागि कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अरु सदस्यहरुलाई आग्रह गरेका थिए । सरकारले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएको छ । अध्यादेशसँगै संवैधानिक परिषदको बैठकमा बहुमतले निर्णय गर्न सक्नेछ ।