17.1k
Shares
काठमाडौं । कार्तिक आर्यन अभिनीत फिल्म ‘भुल भुलैया २’ गतवर्ष रिलिज भएको थियो । फिल्मले राम्रो व्यवसाय गरेको थियो । त्यसैले पनि यसका निर्देशक अनिस बज्मी र निर्माता भुषण कुमार अर्को सिक्वेल अर्थात ‘भुल भुलैया ३’को तयारी गरिरहेका छन् ।यस्तैमा फिल्ममा अभिनेत्री पलक तिवारी भित्रिन लागेको खबर बाहिर आएको छ । फिल्मसँग नजिक सूत्रका अनुसार निर्माण युनिट पलकलाई फिल्ममा भित्र्याउने पहलमा छन् । फाइनल भएपछि अफिसियल्ली सार्वजनिक हुनेछ ।
पलकले सलमान खान अभिनीत फिल्म ‘किसीकी भाई किसिकी जान’बाट अभिनयमा डेब्यु गरेकी थिइन् ।